न्यायपालिकालाई सुदृढ र मर्यादित बनाउन सबै दल एकमत हुन्छ : मन्त्री बडू

336

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वतन्त्र न्यायपालिकालाई सुदृढ, शुद्धिकरण गर्ने र मर्यादित बनाउने विषयमा सबै दल एकमत हुने दाबी गरेका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बडूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत बाटोबाट निर्णय हुने र यसमा सबै दलको एकमत हुने बताए ।

उनले प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत ढंगले छलफलको प्रक्रिया प्रारम्भ हुने जानकारी दिए । त्यस्तै, उनले महाअभियोग प्रस्तावलाई मतदान प्रक्रियामा नै नलैजाने भन्ने विषयमा आशंका नगर्न आग्रह गरे ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाभियोगको प्रस्तावमाथि एमालेले भाग लिने र उचित निर्णय गर्ने बताए । आफूहरुले सदन अबरुद्ध गरिरहेको अवस्थामा महाभियोगमा विषयमा समितिमा हुने छलफलमा यसले कुनै असर नपर्ने उनको भनाइ छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले एकमतले महाभियोगको प्रस्ताव पारित हुने र यसमा एमालेको पनि सहयोग हुने बताए ।

प्रधानन्यायधीश जबराविरुद्धको महाअभियोगमागि सदनको अर्को बैठकमा छलफल हुने तय भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...