नयाँ सहर निर्माणमा निजी क्षेत्रलाई समावेश गर्न नसक्दा लगानी अभाव : मन्त्री झाँक्री

354

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ सहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छन् ।

समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ सहर निर्माणका लागि निजी क्षेत्रलाई समावेश गर्न नसक्दा लगानी अभाव भएको बताइन् ।

“पछिल्लो पटक ग्रामिण क्षेत्रबाट सहरमा बसाइँसराइ हुनेक्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामिण सहरीकरणको विकासलाई प्राथमिकता दिनुपर्छ,” उनले भनिन्,“ग्रामिण सहरीकरणले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने तयारी सरकारको छ ।”

उनले सुरुवातमै नमुना सहर निर्माण सम्पन्न नगरेरै थप सहर निर्माणका योजना थपिँदा काम गर्न नसकिएको बताइन् । “पहिले १० वटा नयाँ सहर थिए, अहिले स्मार्ट सिटी, मेघा सिटीलगायत थपिएर ५० वटा सहर पुगेका छन्,” उनले भनिन्, “यी सबै सहर निर्माण गर्न लगानी अभाव भएको छ । अब निजी क्षेत्रलाई पनि सहभागी गराएर अगाडि बढ्नुपर्छ ।”

मन्त्री झाँक्रीले सरकारले घोषणा गरेका नयाँ सहर निर्माणका लागि आवश्यक बजेटको अभाव हुँदा कामले गतिलिन नसकेको उल्लेख गर्दै विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...