काठमाडौँ । अभिनेत एवम् मोडल पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ बोलको गीत बजारमा आएको छ ।
गायक तामाङको सुमधुर आवाज रहेको उक्त गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत् बजारमा ल्याएको हो ।
आरबी लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका हुन् । भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय समेटिएको छ ।
रामकुमार केसीले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका छन् ।