काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्खुवासभा जिल्लाको मादी नगरपालिका–६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उपराष्ट्रपति पुनको तर्फबाट प्रेस संयोजक मनोज घर्तीमगरले जारी गरेको प्रेस नोटमा घाइतेहरुको उपचारमा विशेष ध्यान दिन सबै पक्षको ध्यानाकर्षण समेत गराइएको छ ।
बिहीबार बिहान सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको बा४ख ७३५ नम्बरको यात्रुबाहक बस मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तीमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । साथै ४ जना घाइते भएका छन् ।
घाइते ४ जनाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
