सङ्खुवासभा बस दुर्घटना : एमालेद्वारा दुःख व्यक्त

278

काठमाडौँ । सङ्खुवासभा जिल्लाको मादी नगरपालिका–६  स्थित सातघुम्तीमा भएको बस दुर्घटनाप्रति नेकपा (एमाले)ले दुःख व्यक्त गरेको छ ।

एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बिहीबार जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

एमालेले यातायातको सञ्चालन, सडकको दुरावस्थाको अनुगमन र निरीक्षण गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सम्बिधित निकायको गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।

मादीबाट इटहरी जानेक्रममा बा४ख७३५ नम्बरको बस बिहान ७ः४५ बजेतिर सातघुम्ती भन्ने स्थानमा सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै, ५ जना घाइते भएका छन् । उनीहरुको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...