चिनियाँ विदेशमन्त्री वाङ १२ चैतमा नेपाल आउने

281

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा आउने मिति तय भएको छ । चिनियाँ विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख सोङ ताओसँगै नेपालको दुई दिने (चैत १२ र १३) उच्चस्तरीय भ्रमणको क्रममा काठमाडौँ आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतले उनको भ्रमणको मिति टुंगो लागेको जानकारी दिएको छ ।

मन्त्री वाङ नेपाल हुँदै बंगलादेश जाने क्रर्यक्रम छ । परराष्ट्रमन्त्री डा.नारायण खड्का स्वदेश फर्कनेबित्तिकै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई निमन्त्रणा पत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन् । चीनले सुरुमा नेपालका परराष्ट्रमन्त्री डा.खड्कालाई बेइजिङ भ्रमणमा आउन अनुरोध गरेको थियो । तर, पछि मन्त्री खड्काले नै नेपाल भ्रमणमा आइदिन आग्रह गरेपछि उनी भ्रमणका लागि तयार भएका हुन् ।

उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.खड्कालगायत प्रमुख पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका बेला दुई पक्षीय सम्बन्ध र क्षेत्रिय सहकार्यका साथै बेल्ट एन्ड रोड कार्यान्वयनको मोडालिटी र कार्यक्रम तय गर्नेबारे छलफल हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...