अपूर्ण अधिकार प्राप्तिका लागि आन्दोलन जरुरी : मन्त्री भुसाल

239

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले महिलाहरु ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएकी छन् ।

मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति महिला हुने अवस्था आएपनि सबैले समान अधिकार नपाएको बताइन् ।

प्राप्त भएको ३३ प्रतिशत लागु गर्ने र अपूर्ण १७ प्रतिशत अधिकार प्राप्ति आन्दोलनको मुख्य एजेन्डा हुनुपर्ने उनको भनाइ छ । आर्थिक अधिकारमा समानता भए अरु कुरा प्राप्त हुन सहज हुने उनले बताइन् ।

“अहिले पनि छोरीले छोरा सरहके पैतृक सम्पत्ति प्राप्ति संविधानमा छ, व्यवहारमा छैन । यसलाई व्यवहारमा कार्यान्वयन गर्ने कुरामा कुनै संकीर्णता राख्नु जरुरी छैन,” उनले भनिन्,“३३ प्रतिशत महिला भनेपछि को हो त १७ प्रतिशत ? त्यो अधिकार महिलाले पाउन नपर्ने ? या त सक्षम भएर अब चाहिन्न भनौँ या त ती १७ प्रतिशत महिला पनि अवसर र अधिकारबाट बञ्चित हुनु हुन्न । त्यसैले ३३ को लागु गरेर १७ को अधिकारको प्राप्ति अबको आन्दोलनको एजेन्डा हुनुपदर्छ ।”

मन्त्री भुसालले अझै पनि महिलामाथि हत्या, हिंसा र बलात्कारका घटनाहरु घट्नु चुनौतीको विषय भएको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...