महिला अधिकार र सशक्तिकरणका लागि सबै एकजुट होऔँ : प्रधानमन्त्री देउवा

268

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री देउवाले महिलाको विषय सबैको साझा विषय भएको भन्दै महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले महिला अधिकार र सशक्तिकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले महिलाविरुद्ध हुने सबैखाले भेद्भाव र हिंसाविरुद्ध अभियानकै रुपमा जुट्न आग्रह गरे । देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने उनले बताए ।

‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ २०७८ को महिला दिवस मनाइएको हो । सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...