महिलामाथि हुने सबैखाले विभेद उन्मूलन हुनुपर्छ : राष्ट्रपति भण्डारी

277

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमको विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना दिँदै उनले परम्पराकै नाममा कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तिकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आत्यावश्यक रहेको बताएकी हुन् ।

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरुघ हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवम् मिाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त राष्ट्रपतिले गरेकी छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दै सन्देशमा उनले नेपाली जनताको दशकौँ लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरणको क्षेत्रमा प्राप्त उपलब्धि विश्व महिला आन्दोलनका लागि प्रेरक मानिएको उल्लेख गरेकी छन् ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको तथा त्यसको अभिप्राय महिलाहरुको आर्थिक, सामाजिक तथा संरचनात्मक रुपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनु हो भन्ने आफूलाई लागेको उनले सन्देशमा उल्लेख गरेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...