युक्रेनको पक्षमा बोल्नु कुनै गुटमा लाग्नु होइन : परराष्ट्रमन्त्री खड्का

156

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको संविधानले निर्धारण गरेको असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेकका विषयमा नेपालले धारणा तय गरेको दाबी गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले नेपालले रुसले आक्रमण गरेको युक्रेनको पक्ष लिनु कुनै गुटमा नलागी मानवीयताको पक्षमा मात्र भएको र यो असंलग्न परराष्ट्र नीति अन्तर्गत नै रहेर गरिएको बताए ।

उनले ५३३ नेपालीलाई सुरक्षित रुपमा युक्रेनबाट अन्य देशमा पठाइएको जानकारी दिँदै आफ्ना नागरिकको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री खड्काले शान्तिपूर्ण सहअस्तित्वको विषय पनि असंग्लन अन्तर्गत पर्ने धारणा राखे । त्यस्तै, उनले चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको जानकारी दिए । खड्काले सुमधुर सम्बन्ध रहेका चीन र नेपालले सबै विषयलाई संवाद र समन्वयको माध्यमबाट अघि बढ्ने प्रयास गरेको बताए ।

पत्रकार सम्मेलनमा उनले अफगानिस्तानको मानवीय सङ्कटमा सहयोग पुर्याउनका लागि नेपालले सक्रियता देखाएको र त्यसले मानवीय सेवामा ठुलो सन्देश गएको दाबी गरे ।

मन्त्री खड्काले छिट्टै नै नेपालमा विदेशी मुलुकबाट उच्च स्तरीय भ्रमण हुन लागेको पनि जानकारी गराए ।

Share This:
सम्बन्धित खबर
Loading...