गठबन्धन लामो समयसम्म टिक्दैन : उपमहासचिव गुरुङ

242

पोखरा । नेकपा (एमाले)का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको पोखरामा उद्घाटन गर्दै अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएको बताए ।

वर्तमान सरकारले मुलुकको विकास एवम् जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनले पत्रकार जगतले यस किसिमका मुद्दालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्ने बताउँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले समाजका सत्यतथ्य कुरालाई जनतामाझ ल्याउनुपर्नेमा जोड दिए ।

चौतारीमा आबद्ध पत्रकारहरु नेताका वरिपरि घुम्नुभन्दा अध्ययन, अनुसन्धानका आधारमा लेख रचनाको माध्यमबाट जनतालाई सुसूचित गर्दै समृद्ध नेपालको अभियानमा जुट्नुपर्नेमा उनको जोड थियो ।

Share This:
सम्बन्धित खबर
Loading...