एमसीसी सम्झौता अनुमोदनपछि विश्वमा नेपालको विश्वासनीयता बढ्यो : प्रधानमन्त्री देउवा

239

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्‌बाट अनुमोदन भएपछि विश्वमाझ नेपालको विश्वासनीयता बढेको बताएका छन् ।

बिहीबार बालुवाटारमा बसेको ४ दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्री देउवाले आजको बैठकमा संसद्‌बाट एमसीसी पारित गर्न सघाएको भन्दै गठबन्धनका सदस्य दलहरुलाई धन्यवाद पनि दिएको मन्त्री कार्कीले बताए ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गठबन्धन सम्बद्ध सबै पार्टीमा रहेको अप्ठ्यारो र तनावका बाबजुद एमसीसी अनुमोदन हुन सकेकोमा खुसी व्यक्त गरेका छन् ।

बैठकपछि बोल्दै मन्त्री कार्कीले एमसीसी अनुमोदनपछि गठबन्धन झनै बलियो भएकाले अझै अगाडि बढ्ने बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...