ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई मजबुद बनाउने उपराष्ट्रपतिको विश्वास

185

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवम् साँस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुद बनाउँदै आएको बताएका छन् ।

महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार २१४९ का अवसरमा आज शुभकामना दिँदै उनले ग्याल्पो ल्होसारले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको मौलिका भाषा, लिपि, संस्कृति, रीतिरिवाज, भेषभूषासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उनले ग्याल्पो ल्होसार आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वका रुपमा रहेको बताए ।

ग्याल्पो ल्होसारका अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका महायानी बौद्ध धर्मावलम्बी तथा सम्पूर्ण शेपाी दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवम् राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष देश भएको उल्लेख गर्द उपराष्ट्रपतिले यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् साँस्कृतिक चाडपर्व नेपालका गौरवका रुपमा रहेको बताए ।

ग्याल्पो ल्होसारमा शुद्ध पानी चढाइ देवताको पूजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने, पिठोको परिकार छिमार र अमृत खाने र आपसमा शुभकामना आदानप्रदान गरेर मनाइने प्रचलन छ ।

Share This:
सम्बन्धित खबर
Loading...