संसद् बैठक आइतबारसम्म स्थगित

320

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधकाबीच प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरुभएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेका थिए । नारावाजीकै क्रममा सभामुख अग्नी सापकोटाले प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते आइतबार बोलाइएको छ ।

गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिस गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप लगाउँदै एमालेले लगातार सदनमा विरोध गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...