सेनाले आफूलाई आधुनिकीकरण गर्दै लैजाले उपराष्ट्रपति पुनको विश्वास

228

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वले सबै नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

हिन्दु धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्रिका अवसरमा शुभकामना दिँदै उनले हिन्दु धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

“हिन्दु धर्मावलम्बीहरुको पवित्र पर्व महाशिवरात्री–२०७८ को पावन अवसरमा समस्त हिन्दु धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदी–बहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पावन पर्वको माध्यमबाट नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा विश्वस्त छु,” शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी उपराष्ट्रपति पुनले नेपाली सेनाले आफूलाई सुदृढ, सशक्त र समयसापेक्ष आधुनिकीकरण गर्दै लैजाने विश्वास व्यक्त गरेका छन् । उनले नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाका प्रधानसेनापतिसहित सकल दर्जामा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज महाशिवरात्रि पर्व तथा नेपाली सेना दिवस परेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...