राष्ट्रपति भण्डारीद्वारा पन्त र ओलीलाई विज्ञ पदमा नियुक्त

323

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई विज्ञ पदमा नियुक्त गरेकी छन् ।

भण्डारीले काठमाडौँ महानगरपालिका–१५ निवासी डा.महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र काठमाडौँ महानगरपालिका–४ निवासी डा.कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...