काठमाडौँबाट १३ जना बन्दकर्ता पक्राउ

245

काठमाडौँ । एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन भएको विरोधमा बन्द गराउने तथा सवारीसाधनमा तोडफोड गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

बानेश्वर, सुन्धारा र चाबहिललगायत स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेकोह हो ।

बन्दकर्ताले दुध बोक्ने गाडी र दुई वटा बसमा क्षति पुर्‍याएका छन् । चाबहिलमा दुध बोक्ने गाडीमा ढुंगा हानेका हुन् भने सुन्धारा र स्वयम्भूमा दुई वटा गाडीमा सामान्य क्षति पुर्‍याएका छन् ।

एमसीसी संसद्‌बाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ दल र २ मोर्चाले आज नेपाल बन्द आह्वान गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...