काठमाडौँ । बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद वस्तु भेटिएको छ ।
व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता आइतबार संसद्बाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरिएको छ ।
संसद भवको अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।
त्यो वस्तु बम भए÷नभएको पहिचानका लागि डिस्पोजल गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरी स्रोतले बताएको छ ।