एमसीसी ‘छल्न’ अर्थमन्त्री शर्मा पुगे पर्वत

283

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा पर्वत पुगेका छन् । पर्वत उद्योग वाणिज्य संघको बिहीबार हुने साधारणसभामा सहभागी हुन भन्दै उनी बुधबार नै पर्वतको कुश्मा पुगेका हुन् ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सहायता सम्झौतामाथि छलफल गर्ने गरी प्रतिनिधिसभाको बैठक बस्ने दिन मन्त्री शर्मा पर्वतमा हुनेछन् ।

यसअघि आइतबारको बैठकमा एमसीसी सम्झौता टेबल गर्दा पनि मन्त्री शर्मा अनुपस्थित भएका थिए । आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय भएपछि मन्त्री शर्माले सम्झौता टेबल गरेनन् ।

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समेटिएको छ । बैठकमा सांसद्हरुले उठाएको प्रश्नको जबाफ अर्थमन्त्रीले नै दिनुपर्ने हुन्छ । तर, मन्त्री शर्मा भने एमसीसी छल्न पर्वत पुगेका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री शर्मा एमसीसी सम्झौता टेबल गर्न ‘तयार’ नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...