निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुग्यो

190

काठमाडौँ । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुगेको छ । आयोगले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगमा थप तीन दल दर्ता भएको र हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १०९ पुगेको जानकारी दिएको हो ।

त्यस्तै स्थानीय तह निर्वाचन प्रयोजनका लागि सूचना प्रकाशित भए बमोजिम हालसम्म विभिन्न १० वटा दल राजनीतिक दलहरुले निर्वाचनमा भाग लिनका लागि निवेदन दिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै मतदाता नामावली अद्यावधिकको विषय राजपत्रमा प्रकाशन गर्ने प्रयोजनका लागि कानुन मन्त्रालयमा सूचना सम्पादनका लागि पठाइएको उनले जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले नामावली भएको आफ्नो विवरणमा त्रुटी सच्चाउन चाहे निवेदन दिन सकिने व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै, आयोगले मतदाता परिचयपत्र हराए वडा कार्यालयको सिफारिससहित सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिएर परिचय उपलब्ध गराउने व्यवस्था पनि गरिएको अर्यालले बताए ।

आयोगले प्रतिपर्धात्मक तवरले निर्वाचन सामाग्रीको खरिद गर्न २३ प्रकारका निर्वाचन सामाग्रीहरुको खरिदका लागि बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरिएको पनि जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...