चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय

403

काठमाडौँ । उच्च अदालत पाटन हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कुटपिट गर्ने एक सैनिकलाई जन्मकैद फैसला गरेको छ ।

पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको सजाय गर्ने फैसला गरेको हो । उच्च अदालतलले जिल्ला अदालतको फैसला उल्ट्याइ थप सजायको फैसला गरेको हो ।

जिल्ला अदालत चितवनका न्यायाधीश गायत्रीप्रसाद रेग्मीले नेपाली सेनाका हुद्दा बुढालाई ९ महिना कैद र ९ हजार जरिबाना हुने फैसला गरेका थिए । त्यही फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले आइतबार बुढामाथि जन्मकैदको फैसला सुनाएको हो । जन्मकैदको सजाय २५ वर्षको हुन्छ ।

निकुञ्जभित्र सेनाको यातनाबाट गम्भीर घाइते भएका चेपाङको २०७८ साउन ८ मा उपचारको क्रममा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

कुटपिटपछि गम्भीर घाइते भएका राजकुमारको ८ दिनपछि मृत्यु भएको थियो । उनका बाबु विष्णुलाल चेपाङले ६ सैनिकले आफ्नो छोरालाई कुटपिट गरेको भनी जाहेरी दिएका थिए ।

त्यही मुद्दामा जिल्ला अदालतले भवितव्य भएको भन्दै बुढालाई ९ महिना कैद सजाय र ९ हजार जरिबाना गरेको थियो । साथै मृतकका बाबुलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराइदिनुपर्ने भनी फैसला गरेको थियो ।

९ महिना सजाय हुनेगरी कसुर ठहर भएकाले जागिर गुमाउन पुगेका बुढाले पनि उच्च अदालतमा पुनरावेदन गरेका थिए । दुवैतर्फको पुनरावेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पीडितको मागअनुसार बुढालाई जन्मकैदको सजाय हुनेगरी फैसला गरेको उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...