एमसीसी सम्झौता राष्ट्रघाती भन्नेले ओली–प्रचण्ड मुर्दावाद भन्न सक्नुपर्छ : गगन थापा

358

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्‌मा एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरु मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्ने विश्वास व्यक्त गरेका छन् ।

अन्योल र अलमलका बीच संसद्‌मा एमसीसी टेबल भएको र अब प्रक्रिया पूरा गरेर पास हुने महामन्त्री थापाले विश्वास व्यक्त गरे । उनले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकपछि प्रस्तावमाथि छलफल हुने बताए । उनले आज संसद्‌मा टेबल गरे अनुसार नै छलफल हुन्छ । उनले छलफलपछि मतदानमार्फत् एमसीसी टुंगो लाग्ने बताए ।

उनले सरकारमा पनि बस्ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गरेर पार्टीहरुको डबल स्ट्यान्डर्ड छाड्न आग्रह गरे ।

उनले भने,“अब यो प्रक्रिया अगाडि बढ्छ । यो विषय अगाडि बढिरहँदा गठबन्धन रहन्छ, रहँदैन भन्ने हुँदैन । सरकारमा पनि बस्ने अनि सरकारले ल्याएको प्रस्तावको विरोध पनि गर्ने । यो डबल स्ट्यान्डर्ड अब छाड्नुपर्छ । आधाले विपक्षमा लागे जस्तो गर्ने आधाले पक्षमा लागे जस्तो गर्ने यस्तो बन्द गर्नुपर्छ ।”

महामन्त्री थापाले एमसीसीविरुद्ध नाराबाजी गर्नेले अब नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’विरुद्ध बोल्न सक्नुपर्ने बताए ।

“यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने अब केपी शर्मा ओली, प्रचण्ड मुर्दावाद भन्न सक्नुपर्छ,” उनले भने,“यो विषय संसद्‌मा छलफल भएको छ । अब संसद्‌मा कुरा हुनुपर्छ । संसद्‌मा कुरा होला कि नहोला भन्ने थियो । १२ गतेबाट सामान्य छलफल हुन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...