थ्रीस्टारमाथि मछिन्द्रको संघर्षपूर्ण जित

306

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लबले संघर्षपूर्ण जित निकालेको छ ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराएको हो ।

मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठले निर्णायक गोल गरेका हुन् । सुजलले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत् गोल गरेका हुन् ।

जितसँगै शीर्ष स्थानको मछिन्द्र १२ खेलमा ३२ अंक जोडेको छ । थ्री स्टारले १२ खेलमा १८ अंक जोडेको छ । थ्री स्टार अंक तालिकाको चौथो स्थानमा छ ।

यसअघि शनिबारै दिउँसो भएको खेलमा फ्रेन्डससँग पराजित भएपछि चयासल रेलिगेसन जोनमा परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल एक खेल बाँकी छँदै बी डिभिजनमा घटुवा भएको हो ।

च्यासल तीन सिजन शीर्ष डिभिजनको लिग खेलेर रेलिगेसनमा परेको हो ।

च्यासल २०७३ सालमा ए डिभिजनमा बढुवा भएको थियो । जितसँगै फ्रेन्ड्सले भने १२ खेलमा १० अंक जोडेको छ । फ्रेन्ड्स लिगको १२ औं स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...