सरकार प्रेस स्वतन्त्रता संरक्षण, प्रवर्द्धन र कार्यान्वयनमा दृढ छ : सञ्चारमान्त्री कार्की

123

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको संविधानले प्रेस जगतलाई पूर्ण स्वतन्त्रताको सुनिश्चित गरेको उल्लेख गर्दै वर्तमान सरकार उक्त प्रत्याभूतिलाई संरक्षण, प्रवर्द्धन र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)को ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले सरकार प्रेसलाई संकुचन गर्ने कुना मनसाय नराखी स्वच्छ आलोचनालाई आत्मसात गरेर अघि बढिरहेको उल्ले गरे । उनले सरकार राष्ट्रियता, भौगोलिक अखण्डता, राजनीतिक स्थिरता, संविधानको रक्षा, सन्तुलित विदेश नीति, सुदृढ र सबल अर्थतन्त्र, दीगो विकास, स्वतन्त्र न्यायालय, सुशासन, मानवअधिकार र प्रेस स्वतन्त्रताका पक्षमा दृढ रहेको बताउँदै सरकारलाई मुलुकका सबै आमसञ्चार माध्यमबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मन्त्री कार्कीले राज्यको एकमात्र समाचार समितिका रुपमा अविच्छिन्न सेवारत रही सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्दै आएको रासस रमयानुकूल सशक्त र प्रभावकारी स्रोतका रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

उनले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य मान्यताको संवर्द्धन र नेपालीको समृद्धिका लागि राससको आवश्यकता अझ बढ्दै गएको सन्दर्भमा संघीय सरकारबाट आवश्यक सहयोग र समन्वय हुने विश्वास दिलाए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले स्थानीय तहको निर्वाचन घोषणा भइ निर्वाचन कार्यक्रम तदारुकताका साथ अघि बढिरहेको, संघीय एवम् प्रादेशिक निर्वाचनसमेतको समयावधि कम रहेको र निर्वाचन प्रक्रियामा सक्रियताका साथ भाग लिन जिम्मेवार राजनीतिक दल, आमजनता तम्तयार रहेका अवस्थामा जबाफदेही सकरात्मक, रचनात्मक समाचार सम्प्रेषण गर्न आमसञ्चार माध्यम र सञ्चारकर्मीलाई अनुरोध गरे ।

Share This:
सम्बन्धित खबर
Loading...