काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडन (क्यालिब्रेसन फ्लाइट) आजदेखि सुरु भएको छ । उक्त उडानका लागि ल्याएको जहाजले ३० घन्टाभन्दा बढी उडान गरेर जडित यन्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आजदेखि सुरु भएको उडानमा जहाजले दैनिक ५ घन्टाभन्दा बढी उडान भर्ने छ भने शनिबार बिदा हुने प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए । क्यालिब्रेसन प्लाइटका क्रममा बिहान ११
कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले जहाजको उडान रोक्नु परेको उनले बताए । भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुने गरेको थियो ।
नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलहरुमध्ये पूर्णरुपमा यान्त्रिक हिसाबले अवतरण गर्न सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलनै पहिलो रहेको प्राधिकरणले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुने छ ।