ओलीसहित पाँच एमाले नेताविरुद्ध अख्तियारमा उजुरी

262

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियूले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ५ नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक अनियमियतताको उजुरी दिएको छ ।

अनेरास्ववियूले बिहीबार तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी दर्ता गरेको हो । उजुरीको दार्ता नम्बर सी–०२८०५५ रहेको छ ।

अनेरास्ववियूको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित गिरिबन्धु टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौँ पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगग भ्रष्टाचार गरेको उल्लेख दाबी गरिएको छ ।

त्यस्तै, कोरोना महामारीको समयमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन सिसिएमसीको संयोजक हैसियतमा पोखरेल र स्वास्थ्यमन्त्री ढकालले भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

नेपाल भ्रमण वर्षको नाममा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले आर्थिक अनियमितता गरेको अनेराश्ववियूको दाबी छ ।

Share This:
सम्बन्धित खबर
Loading...