पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो, १५ दिनमा साढे २ अर्ब घाटा हुने निगमको दाबी

278

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इन्डियन आयल कर्पोरेसन (आइओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झन्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इन्डियन आयल कर्पोरेसनले आज नयाँ मूल्य सूची पठाएको हो ।

आइओसीले पठाएको सूचीअनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।

निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...