सहमति गरेरै एमसीसी संसद्‌मा पेस गर्छौँ : मन्त्री बडु

252

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सहमतीमै एमसीसी प्रतिनिधिसभामा पेस हुने बताएका छन् ।

संसद् बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले सत्ता गठबन्धनका दलबीच सहमति गर्नका लागि संसद्को बैठक दुई दिन सारिएको बताए ।

एमसीसीलाई सडकको बहसबाट सदनमा ल्याउन कांग्रेसको प्रयत्न रहेको उनको धारणा थियो ।

“सहमतीकै लागि आज पेस हुने एमसीसी रोकेका हौँ । दुई दिनभित्रमा हामी सहमति गरेरै पेस गर्छौँ,” उनले भने ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले समर्थन नगरेपनि एमसीसी टेबल हुन्छ भन्ने जिज्ञासामा मन्त्री बडुले सहमतिको प्रयास जारी रहेको बताए ।

संसद बैठकअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले वार्ता गरी आज एमसीसी टेबल नगर्ने सहमति गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...