एमालेद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार

241

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गरेको छ ।

एमालेले आफूहरुका माग पूरा नभएसम्म कार्यव्यवस्था परामर्श समितिमा जानुको औचित्य नरहेको बताएका छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार आजको बैठक पनि एमालेले अवरोध गर्ने छ ।

“एमालेले निस्काशन गरेका १४ सांसद्लाई सभामुखले कारबाही नगरेसम्म हाम्रो विरोध हिजो पनि थियो, आज पनि रहने छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...