धनगढी । नेपाल बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड गरेका छन् ।
मन्त्रालयको ००१ झ ४०१ नम्बरको गाडीलाई बन्दकर्ताले बाँकेको कोहलपुरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट धनगढी आउँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेको समयमा ढुंगा प्रहार भएको हो । प्रहरीका अनुसार ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको छ ।
एमसीसीको विरोधमा बुधबार नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालागायत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले बन्द आह्वान गरेका छन् । देशभर बन्दको आंशिक प्रभाव परेको छ ।