बन्द गराउँदै हिँडेका ९ जना बुटवलबाट पक्राउ

283

बुटवल । बजार र यातायात बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादी क्रान्तिकारीका नौ जना कार्यकर्ता बुटवलबाट पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारीका क्रमशः चार र तीन जना तथा वैज्ञानिक समाजवादीका दुई पक्राउ परेका हुन् । नेकपा जिल्ला सदस्य नविन थारु, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो । प्रहरीका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...