कांग्रेस संसदीय दलको बैठकमा पुगे सांसद् नरहेका डा.महत

265

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी छ ।

बैठकमा कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महत पनि पुगेका छन् । उनी वर्तमान् संसद् होइनन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा ब्रिफिङ गर्न उनी त्यहाँ गएका हुन् ।

डा.महतले एमसीसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसद्हरुलाई आग्रह गरेका छन् । संसदीय दलको बैठकमा ब्रिफिङ गर्दै कांग्रेस नेता डा.महतले एमसीसी इन्डो प्यासेफिकअन्तर्गत नभइ विशुद्ध विकास परियोजना भएको बताए ।

यसबारे कुनै पनि दलले अन्यथा लिन नहुने बताउँदै पूर्वअर्थमन्त्री डा.महतले भने,“तर, अहिले जनमानसमा एमसीसीबारे अनेक भ्रम परेको छ । ती भ्रमहरु चिर्न जरुरी छ ।”

डा.महतले गएको आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि एमसीसीबा विषयमा ब्रिफिङ गरेका थिए ।

संसदीय दलको बैठक विशेषगरी एमसीसीका विषयमा केन्द्रित छ ।

संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठकमा सरकारले एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...