अन्तर्राष्ट्रिय टी–२० मा सन्दीपको ५० विकेट पूरा

129

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गरेका छन् । उनी टी–२० मा ५० विकेट लिने पहिलो नेपाली बलरसमेत बने ।

४ देशीय टी–२० सिरिजअन्तर्गत आयरल्यान्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । उनले जर्ज डकरेललाई २० रनको स्कोरमा आउट गर्दै ५० विकेट पूरा गरेका हुन् ।

उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ५० विकेट लिने तेस्रो खेलाडीसमेत बनेका छन् । सन्दीपले २९ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५० विकेट पूरा गरेका हुन् ।

अन्तर्राष्ट्रिय टी–२० मा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने कीर्तिमान श्रीलंकाका पूर्वस्पिनर अजन्था मेन्डिसको नाममा छ । उनले २६ खेलमा ५० विकेट लिएका थिए ।

दोस्रो स्थानमा आयरल्यान्डका मध्यम गतिका बलर मार्क आदिर छन् । उनले २८ खेलमा ५० विकेट हात पारेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...