काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज ‘फुलकोर्ट’को बैठक बोलाएका छन् ।
महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएपछि कायम मुकायम प्रधानन्यायाधीश बनेका कार्कीले सोमबार फुलकोर्ट बैठक कोलाएका हुन् । बैठकमा जबरालाई महाभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुने छ ।
पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु सोमबारको फुलकोर्ट बैठकमा सहभागी हुने भएका छन् ।