प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

315

काठमाडौँ । प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ ।

संसद सचिवालयले आज एक विज्ञप्ति प्रकाशित गरी बैठक यही फागुन ४ गतेको लागि सरेको जनाएको हो ।

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा प्रतिनिधिसभा संसद बैठकको मिति फागुन ४ बुधाबार दिउँसो १ बजे बस्ने गरी तय भएको उल्लेख गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाद्वारा विशेष कारणवश संसद बैठकको मिति सार्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...