चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग छ : अर्थमन्त्री शर्मा

370

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रुपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८/७८ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रुपैयाँ मात्रै छुट्याइएको बताए ।

“अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौँ,” उनले भने,“स्रोत व्यवस्थापनमा चुनौती छ ।” सरकाले आगामी वैशाख ३० गतेका लागि स्थानीय चुनावको घोषणा गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठुलो खर्च लाग्छ । खर्च कति हुन्छ भन्नेबारे सरकारले सुरक्षा निकायसँग छलफल गरिरहेको छ ।

कार्यक्रममा अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको बजेट आकार ८६ अर्ब रुपैयाँ घटाएको बताए । चालु आर्थिक वर्षमा सरकारले अघिल्लो सरकारले ल्याएको बजेट घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको प्रतिस्थापन बजेट ल्याएको थियो । सरकारले अर्धवार्षिक समीक्षा गर्दै ८६ अर्बले घटाएर १५ खर्ब ४६ अर्ब रुपैयाँमा झारेको उनले उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...