इमर्जिङ नेपाल लिमिटेडले जारी गर्यो सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला

फागुन १ गतेसम्ममा आवेदन दिन पाउने

494

काठमाडौँ– इमर्जिङ नेपाल लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।
प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको छ ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७ सय ८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार १ सय १२ कित्ता साधारण शेयर कर्मचारीकम लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले आह्वानपत्रमा उल्लेख गरेको छ ।

न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । निष्काशित शेयरमा सर्वसाधारणले फागुन १ गतेसम्ममा आवेदन दिन पाउनेछन् सो अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन ११ गतेसम्म शेयर निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...