पाँच वर्षे कार्यकाल नपुग्दै चुनाव गर्न लागेको भन्दै मेयरले दिएको निवेदन सर्वोच्चद्वार दरपिठ

355

काठमाडौँ । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव गर्दा आफ्नो पाँच वर्षे कार्यकाल घट्ने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले सर्वोच्च अदालतमा दिएको निवेदन अस्वीकार (दरपिठ) भएको छ ।

निर्वाचन आयोगलाक्ष्ए विपक्षी बनाए साहले सर्वोच्चमा निवेदन लिएर गएका थिए । तर, रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपिठको आदेश गरेका हुन् ।

मेयर साहले स्थानी तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ र दफा ५५ अनुसार नगर प्रमुखको पदावधि पाँच वर्ष तोकेको तर सरकारले वैशाखमै चुनाव गर्दा आफ्नो कार्यकाल पूरा नहुने भन्दै पाँच वर्षे कार्यकाल निर्वाध उपभोग गर्न पाउँ भन्दै परमादेशको माग गरेर सर्वोच्चमा निवेदन दिएका थिए ।

तर, दफा ४ को उपदफा ४ मा अलग–अलग मितिमा सम्पन्न भएको निर्वाचनको उपदाफा १ बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिने स्मरण गराउँदै निवेदन दरपिठ गरिदिएको हो ।

सरकारले वैशाखमा चुनाव गर्नका लागि मिति तोकेको निर्णयले निवदकको दाबी गरेजस्तो पाँच वर्षे कार्यकाल घटाउने सम्भावना नभएको भन्दै सर्वोच्चले मेयर साहको निवेदनलाई आधारहीन भनेको छ ।

“नेपाल सरकारबाट स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४(४) मा भएको प्रावधान बमोजिम नेपालका सबै स्थानीय तहको निर्वाचन मिति २०७९÷०१÷३० गते गर्नेगरी निर्णय भएको, स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४(४) मा उपदाफा (२) बमोजिम अलग–अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा (१) बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिने छ भन्ने प्रावधान रहेको र उल्लिखित प्रावधान यथावत रहिरहेको अवस्थामा निर्वाचन गर्ने गरी भएको निर्णयले निवेदक नगरप्रमुखको ५ वर्षको कार्यकाल घटाउने प्रबल सम्भावना रहेको भनी बिना आधार प्रस्तुत निवेदन लिइ आएकाले दरपिठ गरिदिएको छ,” सर्वोच्चका रजिष्ट्रारले जारी गरेको दरपिठको आदेशमा भनिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...