सत्यमोहन जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

199

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् डा.सत्यमोहन जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

किस्ट अस्पतालमा उपचाररत जोशीको मंगलबार स्वाब पिसिआर परीक्षणका लागि पठाएकोमा कोभिड–१९ नेगेटिभ पाइएको अस्पताल प्रशासनले बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

मंगलबार श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको छातीमा नियोनिया संक्रमण देखिएको थियो । अहिले त्यसको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...