संविधान निर्माणमा सुशील कोइरालाको भूमिका प्रेरणादायी : प्रधानमन्त्री देउवा

341

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान निर्माणमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन अर्पण गर्दै प्रधानमन्त्री देउवाले कोइरालाको नेतृत्वदायी भूमिकाको प्रशंशा गरेका हुन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत् कोइरालाले पार्टी र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गरेका छन् ।

“पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका तत्कालीन सभापति मेरा मित्र श्रदेय नेता सुशील कोइरालाजीको सातौँ स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु,” उनले भने,“तपाईंले पार्टीमा गरेको योगदान र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका हाम्रा लागि सधैँ प्रेरणादायी हुनेछ ।”

नेपालको संविधान २०७२ जारी हुँदा सरकारको नेतृत्व गरेका कोइरालाको विसं २०७२ माघ २६ गते निधन भएको थियो ।

२०७२ माघ २७ देखि २०७२ असोज २३ गतेसम्म कोइराला प्रधानमन्त्री रहँदा मुलुकले गणतान्त्रिक संविधान पाएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...