सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको सचेतकमा अमृता शाही मनोनीत भएकी छन् । दलका नेता जीवनबहादुर शाहीले उनलाई दलको सचेतकमा मनोनीत गरेका हुन् ।
नेता शाहीले नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान विधान २०७४ को दफा ११ (१) बमोजिम दलको सचेतकमा मनोनीत गरिएको बताए ।
सचेतक शाहीले कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा १२ अनुसार दलको नेताको प्रत्यक्ष निदेशन, समन्वय एवम् परामर्शमा रही जिम्मेवारी गर्नुपर्ने बताइएको छ ।
यसअघि दलको सचेतकमा हिमबहादुर शाही थिए भने हाल शाही प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएका छन् ।