जापानमा बारम्बार भूकम्प जानुको नयाँ तथ्य पत्ता लाग्यो
टोकियो । जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो । केही वर्षको अन्तरालमा जापानीले बारम्बार भूकम्प महसुस गर्छन । बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरुले एउटा नयाँ तथ्य खुलासा गरेका छन् । उनीहरुका अनुसार दक्षिणी जापानमा ठुलो भूकम्प जानुको कारण जमिनमुनि रहेका पहाड आकारका चट्टानका ठुला रास हुन सक्छन् ।
वैज्ञानिकहरुले दक्षिणी जापानको तटमुनि कुमानो प्लुटोन नामक संरचना फेला पारेका छन् । ठुला भूकम्पहरुबाट आउने टेक्टोनिक ऊर्जा यस वरपरको विभिन्न बिन्दुहरुमा डाइर्भट हुने गरेको कुमानो प्लुटोनको ३ डी भिजुअलाइजेसनले खुलासा गरेको वैज्ञानिकहरुको भनाइ छ ।
‘कहिले, कहाँ र कसरी ठूला भूकम्प जान्छन् भनेर ठ्याक्कै हामीले भविष्यवाणी गर्न सकिदैन । तर, हाम्रो नमुनालाई मोनिटरिङ डाटासँग मिलाउदा हामी निकट भविष्यका प्रक्रियाहरु अनुमान सुरु गर्न सक्छौँ,’ जापान एजेन्सी फर म्यारिन अर्थ साइन्स एन्ड टेक्नोलोजीका भूभौतिकविद् शुइची कोदाइरा भन्छन् । उनको भनाइलाई अस्टिन वेबसाइटमा युनिभर्सिटी अफ टेक्सासले उदृत गरेको छ ।
कुमारनो प्लुटनोको वास्तविक हद (क्षेत्र)लाई बुझ्न वैज्ञानिकहरुले २० वर्षदेखिको भूकम्पीय तथ्यांक जाँच गरेका थिए । सो कार्यका लागि सेस्मिक सेन्सर्सको जापान नेटवर्कबाट लाखौं रेकर्डहरु समावेश गरिएको थियो ।
अहिलेसम्मकै ठूलो सेस्मिक डाटालाई विश्वविद्यालयको सुपर कम्प्युटर लोनस्टार ५ लाई प्रदान गरिएको थियो । कुमानो प्लुटोन निकै घना र कठोर हुने र यसले भूकम्प गराउने टेक्टोनिक गतिविधिलाई सहयोग गर्ने अनुसन्धानकर्ताहरु विश्वास गर्छन् ।