यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

254

काठमाडौँ । सरकारले मोरङका केही क्षेत्रलाई बर्डफ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बर्ड फ्लु नियन्त्रण गर्न मोरङ विराटनगर महानगरपालिका–१८ स्थित हिमालय कृषि फार्मलाई केन्द्रबिन्दु मानी बर्ड फ्लु रोग प्रभावीत क्षेत्र घोषणा गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै, बैठकले धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली स्वीकृत गरेको छ भने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण पहिलो संशोधन नियमावली स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्ले सिंगापुर इटालीको रोम र रोमानीयाको बुखारेसमा कार्यरत अवैतनिक नेपाली महाबाणिज्यदूतहरुको समय थप गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए । त्यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय अन्तर्गत गोरखाको कार्य क्षेत्रमा पर्ने घर टहराको राहत स्वरुप क्षतिपूर्ति दिन स्वीकृत दिने निर्णय गरेएको छ ।

फेवातालको जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने तथा राष्ट्रिय प्रसारण ११औँ संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए ।

प्रवक्ता कार्कीले रिपोर्ट र वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ बाहिर ल्याउने बताए । उनले सीमा क्षेत्रमा कुनै समस्या आए कूटनीतिक ढंगले समाधान खोज्ने जिकिर गरे ।

मन्त्रिपरिषद् बैठकले नसर्ने रागको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै सोमबारकै मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...