सिसिमएसीको बैठक बस्दै
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीको तेस्रो लहरका कारण बन्द विद्यालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु गरिएको छ ।
शिक्षालयसँगै विभिन्न सेवा क्षेत्र सञ्चालन र सहजीकरणबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकारवालाहरुसँग छलफल गरेको थियो ।
प्राप्त सुझावका आधारमा आज सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ ।
शुक्रबारको बैठकमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन)का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक संघका अध्यक्ष कमला तुलाधरलगायतको सहभागिता थियो ।
मंगलबारसम्म कोभिडविरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले आग्रह गरेको छ ।
थप निर्णय र सिफारिस आजको सिसिएमसीको बैठकले गर्ने छ ।