प्युठान जिप दुर्घटना : मृतक ८ मध्ये ५ जनाको सनाखत

240

प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग१ज ५०९२ नम्बरको जिप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षिय खिमबहादुर खत्री, ५० वर्षीय नन्दी खड्काको ज्यान गएको हो । अन्यको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...