सातवटै प्रदेशमा फैलियो ‘ओमिक्रोन भेरियन्ट’

272

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीको तेस्रो लहरसँगै आएको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको छ ।

पछिल्लो अवस्थामा कोरोनाको नयाँ भेरियन्ट सबै प्रदेशमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिइन् ।

“अझै खोप लगाउन बाँकी हुनुहुन्छ । संक्रमणको नयाँ भेरियन्टको जोखिम छ, सबै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको छ,” प्रवक्ता मिश्राले भनिन् । उनले २४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र तीन वटामा डेल्डा भेरियन्ट पुष्टि भएको बताइन् । डा.मिश्राका अनुसार हालसम्म कोरोना संक्रमण दर ३३.९ प्रतिशतमा झरेको छ ।

हाल कोरोना संक्रमणदर घटेपनि जोखिम भने कायमै रहेको उनले बताइन् । पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमणदर घट्दो क्रममा छ । बुधबार मात्रै थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...