नेपालका बहुसांस्कृतिक विषेशताहरु मौलिक पुँजी हुन् : ओली

109

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बहुसांस्कृतिक विषेशताहरु मौलिक पुँजीको रुपमा रहेको बताएका छन् ।

तामाङ समुदायको पर्व सोनाम ल्होसार २०७८ को अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले यी विषेशतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

“हाम्रो सुन्दर देश नेपालका बहुसांस्कृतिक विषेशताहरु हाम्रो मौलिक पुँजीको रुपमा रहेका छन् । एकता र सहिष्णुताको यस विषेशतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ,” शुभकामना सन्देशमा भनिएको छ,“ विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्पारिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरु हुन् । हाम्रो संविधानले विविध भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । यस सन्दर्भमा तामाङ समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास व्यक्त गर्दछु ।”

अध्यक्ष ओलीले यस पर्वले तामाङ समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

सन्देशमा अध्यक्ष ओलीले नेकपा (एमाले) ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बर्द्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा अग्रसर रहेको स्पष्ट पारेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...