टिपरको ठक्करबाट आँगनमा आगो तापिरहेका २ जनाको मृत्यु

330

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–३, सतपतियामा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सोमबार बेलुका ८ बजे भे१क १४९५ नम्बरको टिपर अनियन्त्रित भइ स्थानीय रामु थारुको घरको आँगनमा आगो तापिरहेका पाँच जनालाई एकैसाथ ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै भएको छ । ४५ वर्षकै रामु थारुको उपचारका क्रममा बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएका स्थानीय ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीय लक्ष्मण सुनार (टिपरको सहचालक)को नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

टिपरका चालक सुर्खेत विरेन्द्रनगर नगरपालिका–११ बस्ने ३३ वर्षीय दुर्गा विकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी नयब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...