सबै समुदायको पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल

162

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताएका छन् ।

तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने सोनाम ल्होसार २०७८ का अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तरु प्रगतिको कामना व्यक्त गर्दै उनले बहुजातीय, बहुधार्मिक र बहुप्राकृतिक विशेषतायुक्त नेपालका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति मौलिक पहिचान र बहुमूल्य सम्पत्ति भएको बताएका छन् ।

यस्ता पर्वले मौलिक संस्कृति प्रवर्द्धन, सामाजिक सद्भाव अभिवृद्धि र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान कायम गर्दै सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सोनाम ल्होसारले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...