काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन् ।
नेपालबाट १५ खेलाडीले अक्सनका लागि नाम गर्दा गराएपनि सन्दीप मात्र छनोट भएका हुन् । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु अर्थात् ६५ लाख नेपाली रुपैयाँ रहेको छ ।
उनी एसोसिएट खेलाडीको श्रेणीमा अटाएका छन् । २०२१ मा सन्दीपले ४० लाख भारु नै अक्सनमा राखेपनि बिक्न सकेका थिएनन् ।
यसअघि सन्दीपलाई २०१८ मा तत्कालीन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स)ले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो ।
मेगा अक्सनका लागि नेपालबाट सन्दीपसहित आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए ।